विदेश

अमेरिकी राष्ट्रपति ट्रम दुई दिने भारत भ्रमणमा

अमेरिकी राष्ट्रपति ट्रम दुई दिने भारत भ्रमणमा

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि सोमबार भारत आउँदै छन् । ट्रम्प पत्नी मेलिनियाका साथ बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली पुग्ने कार्यक्रम छ । 

कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात जाने छन् । उनी अहमदावादको सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला मोटेरा स्टेडियममा हुने ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । ‘नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत गर्ने कार्यक्रम छ । 

नमस्ते ट्रम्पको अवधारणा गएको वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउ दी मोदी’ कार्यक्रमको जस्तै रहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् । 

यसअघि पछिल्लो पटक तत्कालीन राष्ट्रपति बाराक ओबामाले २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए । 

डोनाल्ड ट्रम्प भारत भ्रमण

विशेष