News राजनीति

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना पक्राउ

पोखराः पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जनालाई विद्यार्थीलाई पक्राउ गरिएको छ ।  

समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी यूनियनका विद्यार्थीलाई पोखरा सभागृह गेटबाहिर कालो  झण्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत ४ जनारहेका छन् ।

विद्यार्थीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई सार्वजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलगायत नेता पोखरा सभागृहमा आएका हुन् ।

पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दै छ । प्रशिक्षणमा करिब १६ सय सहभागी हुँदै छन् ।

पोखरा कालो झण्डा केपी शर्मा ओली पक्राउ

विशेष