News

खैरो हिरोइनसहित युवती पक्राउ

खैरो हिरोइनसहित युवती पक्राउ

काठमाडौँ। खैरो हिरोइनसहित नेपाल प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाण्डौ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो हेरोइन लुकाएर ल्याएको अवस्थामा झापा शिव सतासी नगरपालिका-११ की २३ वर्षीया बीना डाँगीलाई आइतबार साँझ पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको जानकारी दिए। 

पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ । 

पक्राउ महिला खैरो हिरोइन

विशेष