विदेश

मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए पदबाट राजीनामा

मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए पदबाट राजीनामा

एजेन्सी। मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । ९४ वर्षीय संसारकै सबैभन्दा ज्येष्ठ उमेरका प्रधानमन्त्री महाथिरको अकस्मातको राजीनामाले सबै अचम्ममा परेका छन।

सन् १९८१ देखि २००३ सम्म मलेशियाका प्रधानमन्त्री रहेका महाथिर चार दशकदेखि मलेशियाई राजनीतिको केन्द्रमा छन् । २०१८ मा आफ्नै उत्तराधिकारी नजीब रज्जाकलाई हराएर उनी फेरि प्रधानमन्त्री बनेका थिए ।

सत्ता गठबन्धनमा सहयोगी रहेका ७२ वर्षीय अनवर इब्राहिमसँग खिंचातानी भएकाले उनले राजीनामा दिएको अनुमान गरिएको छ । महाथिरले समय आउनेबित्तिकै इब्राहिमलाई सत्ता सुम्पने बचन दिएको बताइएको थियो । तर उनको यो राजीनामासँगै उनी फेरि नयाँ गठबन्धन बनाएर सरकारमा फर्कने अनुमान गरिएको छ ।

# महाथिर मोहम्मद

विशेष