News

भिएलएनले ठगेको २ अर्ब रुपैयाँ कहिले असुल्छ राज्यले?

भिएलएनले ठगेको २ अर्ब रुपैयाँ कहिले असुल्छ राज्यले?

काठमाडाैँ – मलेसियाको भिसा प्रोसेसिङको नाममा भिएलएन नेपाल र ओएससीले ठगि गरेको करिव २ अर्ब रुपैयाँ असुल गर्न नेपाल सरकार अन्तर्गतका सबै निकाय मौन बसेका छन्।

२०७० साल भदौदेखि मलेशिया गएका ६ लाख ९ हजार ८७९ जना कामदार भिसा लगाउने नाममा भिएलएन नेपालले २ अर्ब ठगि गरेको भन्दै भिएलएन नेपाल बिरुद्द मुद्दा दर्ता भए पनि उक्त पैसा असुल गर्न राज्यका कुनै निकायले पनि चासो देखाएका छैनन्। मुद्दा दर्ता हुनु अघिको तथ्यांकलाई लिएर भिएलएन बिरुद्द २ अर्बको मुद्दा दर्ता भए पनि त्यसपछि पनि करोडौ पैसा ठगि हुँदै आएको छ।

भिसा प्रोसेसिङको नाममा मलेसिया जाने गरिव कामदारलाई ठगेको भन्दै गोकर्ण विष्टले श्रममन्त्री हुँदा भिएलएनका संचालकलाई पक्राउ गरेका थिए। धरौटीमा छुटेका श्रेष्ठले जिल्ला अदालतबाट सफाई पाए पनि उच्च अदालतमा भिएलएनको मुद्दा बाँकी छ।

तल्लो तहका कर्मचारीदेखि मन्त्रीले गरेका करोड सम्मका भ्रस्टाचारको चर्चा चले पनि गरिव कामदारलाई लुटेर गरेको अर्बौको ठगिमा किन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण, राजश्व अनुसन्धान चुप बस्नुले ठगि गर्नेलाई झन् हौसला मिलेको छ।

भिसा प्रोसेसिङको नाममा गरिव नेपालीलाई ठग्दै आएको भिएलएनले केही वर्ष अगाडिदेखि ओएससीको नाम जोडेर दोब्बर पैसा असुल्दै आएको छ। एउटै कामको लागि दुइ वटा संस्था देखाएर पैसा उठाउँदै आएको छ। तर राज्य संयन्त्रले भिएलएनको लुट अहिले सम्म नदेखेझैं गरेर बसेको छ

विशेष