प्रभु साहमाथि प्रतिशोधी डण्डा

प्रभु साहमाथि प्रतिशोधी डण्डा

नेपालको केन्द्रीय राजनीति कति प्रतिशोधपूर्ण छ भन्ने तथ्यको पछिल्लो उदाहरण बनेका छन– नेपाल कम्युनिष्ट पार्टीका नेता प्रभु साह । बालुवाटार जग्गा प्रकरणका विषयमा सामाजिक सञ्जालमा गरिएको टिप्पणी उनका महँगो सावित भयो । अघिल्लो शनिवार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले २ नम्बर प्रदेशको अध्यक्ष रहेका साहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टीका जानकारहरु भन्छन– ‘सामाजिक सञ्जाल त निहुँ मात्र हो । यो माधव नेपाल भर्सेज प्रभु साहको कोल्डवारको परिणाम हो ।’

माघ २६ गते फेसबुक स्टाटसमा उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय ‘हास्यास्पद’ भन्दै टिप्पणी गरेका थिए । साहले स्टाटसमा लेखेका छन– ‘प्रधानमन्त्रीय शासन व्यवस्था सर्वेसर्वा भएपनि कानुन नलाग्ने व्यवस्था गलत हो ।’ यही आलोचनाका कारण यो विषयले नेकपाको केन्द्रीय राजनीतिमा प्रवेश पाएको हो । 

साहमाथि स्पष्टीकरणको डण्डा चलाउनु पछाडि माधव नेपालको दबाबले काम गरेको छ । साहको स्टाट्स आफूविरुद्ध भएको भन्दै वरिष्ठ नेता नेपालले कारवाहीको अडान राखेका थिए । त्यसो त पार्टी नेतृत्वको खुलेआम आलोचना गर्दै हिँड्ने भीम रावलमाथि कसैले औंला उठाउन सकेको छैन् । पार्टीले उल्टो एमसीसी कार्यदल सदस्य बनाएर उनलाई पुरष्कृत गरेको छ । 

नेकपाका वरिष्ठ नेता नेपाल र साहबीच असमझदारीको असर पहिलोपल्ट देखिएको हैन । दुई नेताको जुँगा लडाइँले २ नम्बर प्रदेशका स्थानीय कमिटी अस्तव्यस्त छन् । 

माधव नेपाल प्रभु साह

संम्बधित खबर

विशेष