त्रिविमा बेथिति अन्त्यको प्रयास

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा अगाडि बढाएको छ ।
उपकुलपतिमा नियुक्त भएको झन्डै सय दिन पार गरेका प्राडा धर्मकान्त बाँस्कोटा विश्वविद्यालयलाई गतिशील बनाउने प्रयत्नमा जुटेका छन।
यसबीच उपकुलपति बाँस्कोटाले विश्वविद्यालयमा रिक्त पदाधिकारी नियुक्तिका लागि सहमतिको प्रयासलाई तीव्रता दिएका छन भने भौतिक पूर्वाधार परिक्षा प्रणाली, सूचना प्रविधि, शिक्षकको समस्या समाधान गर्नेसम्मको सुधार कार्यलाई ठोस रूपमा अघि बढाएका छन।
बाँस्कोटा गत कात्तिक १७ गते उपकुलपतिमा नियुक्त भएका थिए । गोरखापत्रसँग कुरा गर्दै उपकुलपति बाँस्कोटाले विश्वविद्यालय सुधारका लागि आफूले ठोस योजनाका साथ काममा जुटेको जानकारी दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन।
त्रिवि बेथिती