लोकसेवा आयोगको शाखा अधिकृत पदको परीक्षामा १३ प्रतिशत उतीर्ण

काठमाडौँ। लोकसेवा आयोगले लिएको शाखा अधिकृत पदको परीक्षामा १३.३८ प्रतिशत मात्र उतीर्ण भएका छन् ।
गत २५ माघमा आयाेगको विभिन्न कार्यालयबाट सञ्चालन भएको प्रथम चरणकाे परीक्षामा पास हुनेको नतिजा कमजोर देखिएको हो ।
परीक्षामा सम्मिलित (खुला र समावेशी), एकीकृत परीक्षाअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरह पदका लागि उम्मेदवार रहेका २५ हजार ४३ जनामध्ये ३ हजार ३ सय ५३ जना द्वितीय चरणको परीक्षाका लागि छनोट भएको आयोगले जनाएको छ।
जुन कुल सहभागीको १३.३८ प्रतिशत मात्रै हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
शाखा अधिकृत