News

ऐन महर भन्छन्, ‘गगन थापाको भ्रष्टाचारमाथि छानविन हुनुपर्छ’

ऐन महर भन्छन्, ‘गगन थापाको भ्रष्टाचारमाथि छानविन हुनुपर्छ’

काठमाडौंः अनेरास्ववियूका अध्यक्ष ऐन महरले नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापामाथि भ्रष्टाचारको आरोप लागेकाले छानबिन हुनुपर्ने माग गरेका छन् । उनले भनेका छन्, ‘अहिले पनि छानबिन गर्ने हो भने कांग्रेसका धेरै नेताहरुको नाम भ्रष्टाचारमा मुछिएर आइरहेका छन्, गगन थापाकै नाम आइरहेको छ। त्यो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्ती गर्दाको कुरा आइरहेको छ, रौनियार काण्ड, १४ करोड झवाम्मै पार्यो भन्ने कुरा आइरहेको छ।’ 

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई रचनात्मक प्रतिपक्षी बन्न सुझाव दिएका छन्। ‘हामीले राम्रा कामको समर्थन र गलत कुराको विरोध गर्छौं, गलत काम गर्नेलाई अनेरास्ववियूले बचाउँदैन’ महरले भने।

उनले कांग्रेसका सभापतिलगायत अन्य नेताहरुको विरुद्धमा पनि आरोप लगाए। आइतबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारका केही अवयवहरुले गलत गरे आफूहरुले भण्डाफोर गर्ने जिकिर गरे। तर, अहिले बलियो सरकार भएकाले विकास र समृद्धिको काम भइरहेको उनको दाबी छ ।

गगन कुमार थापा ऐन महर भ्रष्टाचार

विशेष