हेटौँडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी
काठमाडौँ। हेटौँडा–अमलेखगन्ज सुरुङमार्ग ६० वर्षपछि पुनः सञ्चालनमा ल्याउन गृहकार्य सुरु भएको भएको छ ।
मुलुकको पूर्वाधार विकासको इतिहाससँग जोडिएको यो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ । यो दक्षिण एसियाकै पहिलो मानवनिर्मित सुरुङमार्ग भएको दाबी गरिएको छ ।
हेटौँडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक महत्वको यो सुरुमाङर्ग सञ्चालनका लागि बाग्मती प्रदेश सरकारले सक्रियता देखाएको छ । हेटौँडा बजारबाट करिब नौ किलोमिट र दक्षिणमा अवस्थित यो सुरुङमार्ग यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी गृहकार्य भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन।
हेटौँडा–अमलेखगन्ज सुरुङमार्ग