News

यती होल्डिङ्सका कारण पनि विवादमा तानियो प्रधानमन्त्रीको जन्मोत्सव

यती होल्डिङ्सका कारण पनि विवादमा तानियो प्रधानमन्त्रीको जन्मोत्सव

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सव पनि यती होल्डिङ्सका कारण विवादमा परेको छ। यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्नै निजी हेलिकोप्टर एयर अल्टिच्युडमार्फत आइतबार नेपालको नक्सास्वरुपमा तयार पारिएको १५ किलोको केक प्रधानमन्त्री ओली जन्मिएको घर तेह्रथुमको आठराई पु-याएका थिए।

आठराईमा ओलीको ६९औं जन्मदिनको अवसर पारेर नेपालको नक्सास्वरुपको केक काटिएपछि अहिले सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भएको छ। नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा भाडामा लिएको र अन्य सरकारी जग्गामा पनि हालीमुहाली गरेको भन्दै विवादमा तानिएको यतीले केकको व्यवस्थापन गरेपछि ओली थप विवादमा परेका छन्।

कम्युनिस्ट पृष्ठभूमिका प्रधानमन्त्री ओलीले राजसी ठाँटमा हजारौंको उपस्थितिमा जन्मोत्सव मनाएपछि उनको आलोचना भएको हो। यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन। 

प्रधानमन्त्री जन्मोत्सव

विशेष