News

आज पनि चट्याङसहित पानी पर्ने सम्भावना

आज पनि चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौंः आज पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

मङ्गलबार मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिइन् । यस्तै दिउँसोपछि केही ठाउँमा हावाहुरी पनि चल्ने उनको अनुमान छ ।

बुधबारदेखि मौसम बिस्तारै खुले पनि पूर्णरुपमा सफा हुन भने अझै केही दिन लाग्ने मौसमविद् पोख्रेलले जानकारी दिइन् । 

चट्याङ मौसम पूर्वानुमान महाशाखा पानी

विशेष