विदेश

इजरायलले गरेको हवाई आक्रमणमा परि ६ लडाकुको मृत्यु

इजरायलले गरेको हवाई आक्रमणमा परि ६ लडाकुको मृत्यु

एजेन्सी। गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ।

युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई हमला गरेको हो।

आगामी मार्च २ तारिखमा इजरायलमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा इजरायली सेनाले जिहादी लडाकू विरुद्ध कडा कारबाही थालेको हो। सेनाले जारी गरेको वक्तव्यमा इजरायली वायु सेनाले गाजादेखि सिरियाली राजधानी दमास्कस नजिकसम्म पुगेर आक्रमण गरिएको उल्लेख छ।

हवाई आक्रमण

विशेष