News

सडकबाट उद्धार गरिएकामध्ये ७ जनाको मृत्यु

सडकबाट उद्धार गरिएकामध्ये ७ जनाको मृत्यु

काठमाडौंः बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको जानकारी गराएको छ ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हालसम्मको अवधिमा ७४९ व्यक्तिलाई उद्धार गरिएको बताए । यीमध्ये ६९६ लाई काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट र ५३ लाई अन्य नगरबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये ७३ जनाको स्थायी ठेगाना कामपा हो । ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले भभने, ‘सत्तरीको स्क्रिनिङ हुन बाँकी छ, ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने सातको मृत्यु भएको छ ।’ 

काठमाडौंमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानवअधिकारका पक्षमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए । 

सडकलाई बेसहारा, अभिभावकविहीन, सडक आश्रित ९सहयोगापेक्षी० मानवमुक्त बनाउन गठित मूल समारोह समितिको संयोजक एवं महानगर प्रमुख शाक्यले बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानवअधिकारका सवालमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाउनुपर्ने बताए । 

यसका लागि गाँस, बास र कपासका लागि खर्च दिन महानगर तयार रहेको भन्दै उहाँले बस्ने घर हुँदाहुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सिर्जना नगर्न पनि प्रमुख शाक्यले सम्बन्ध भएका सबैसँग आग्रह गरे । 

उद्धार गरिएका व्यक्तिको अवस्था हेरेर स्क्रिनिङ सेन्टरमा कम्तीमा पाँच दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ । यसरी सडकबाट उठाइएका व्यक्तिमा १६ वर्षमाथि ४० वर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन् ।  

सडक मानवमुक्त अभियान

विशेष