News

सयौं जुटे फोहोर उठाउन

सयौं जुटे फोहोर उठाउन

सप्तरी। मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमाका कारण दुर्गन्धित बनेको सप्तरीको बोदे बर्साइन ५ जाँजरमा थुप्रिएको फोहोर उठाउन सुरु भएको छ। 

नगरपालिकाको संयोजनमा राजविराज जेसीज, सप्तरी युथ नेपाल, इज्तिमा आयोजक समिति जाँजर, ग्रिन नेपाल, सबल नेपाल, विवेकशिल नेपाल, नयाँ समाज विकास प्रतिष्ठान, छिन्नमस्ता विकास केन्द्र, समग्र जनउत्थान केन्द्र लगायतका संघ–संस्थाआबद्ध व्यक्तिहरुले सरसफाई सुरु गरेका हुन् ।

आयोजकले २ हजार २ सय शौचालय निर्माण गरेपनि सहभागि सङ्ख्या एक लाख बढी भएकाले आसपासका क्षेत्रमा दिसाको र परालको थुप्रो, खाना खाएका प्लेट, प्लाष्टिकका बोतल र गिलासले भरिएको छ । बोदे बर्साइन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवले ट्रयाक्टर र १० वटा हाते पम्पबाट भि भ्याक्स औषधी छर्कने, खाना र शौच पुर्ने र फोहोर संकलन गरी आगोले नष्ट गर्ने कार्य भइरहेको बताए । 

एक सयभन्दा बढी विघा क्षेत्रफलमा फोहोर थुप्रिएकोले नगरपालिकाले मात्रै सरसफाई गरेर सम्भव नहुने देखेपछि सवैलाई सरसफाई कार्यक्रममा जुट्न नगरपालिकाले आग्रह गरेको छ । गत फागुन ३, ४ र ५ गते आयोजना गरिएको धार्मिक सम्मेलन इज्तिमामा नेपाल भारतका एक लाख बढी मुस्लिम समूदायको सहभागीता थियो ।

‘ठूलो परिमाणमा फोहोरको डुंगुर जम्मा भएर दुर्गन्ध फैलिएपछि आसपासका मानिसहरु विरामी पर्न थालेको र झिंगा, लामखुट्टेको प्रकोप बढेको स्थानीयवासी बताउँछन् ।  स्वयम्सेवी, अभियन्ताहरू तथा प्रहरीको सामूहिक सहभागिता निरन्तर सरसफाई भएमा फोहोर सफा गर्न करिब एक महिना लाग्ने राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालले बताईन । 
 
 
 
 

फोहोर

विशेष