News

लसुनको मूल्यले बनायो नयाँ कीर्तिमान

लसुनको मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौंः आधा महिनाअघि कालिमाटी बजारमा सुकेको लसुनको मूल्य किलोको औसत २ सय ४५ रुपैयाँ थियो । अहिले लसुनको मूल्य औसत ५ सय ५० रुपैयाँ प्रतिकिलोमा पुगेको छ । एक हप्ताअघि ४ सय ९५ रुपैयाँ प्रतिकिलोमा आइपुगेको लसुनको मूल्य आइतबार अधिकतम् मूल्य ५ सय ६० रुपैयाँ नाघेको छ । अझ बजारमा खुद्रा मूल्य ६ सय माथि पुग्न थालेको छ ।

बजारमा प्याजको मूल्यले उपभोक्तालाई सताइरहेका बेला लसुनको मुल्यले पनि नयाँ रेकर्ड राखेको छ । दुई हप्ता १२५ प्रतिशतले लसुनको मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले बताए ।

कालिमाटीमा बढीमा प्रतिकिलो २८५ देखि ३०० रुपैयाँभन्दा माथि नगएको लसुन अहिले खुद्रामा अधिकतम् ५६० रुपैयाँमा पुगेको छ ।

लसुनको मूल्य बढ्नुको कारण हो, आयातमा निर्भर बजार व्यवस्था । चीनबाट हुने आयात प्रभावित भएपछि लसुन महंगिएको हो । अझै एक महिना लसुन महंगिने क्रम जारी रहने समभावना रहेको घिमिरेले बताए ।
 

कीर्तिमान लसुन

विशेष