News

आवेदन केन्द्र खुलेसँगै चिनियाँ भिसा शुल्कमा भारी वृद्धि

आवेदन केन्द्र खुलेसँगै चिनियाँ भिसा शुल्कमा भारी वृद्धि

काठमाडौँ। नेपालमा पहिलो पटक चिनियाँ भिसा आवेदन केन्द्र खुलेसँगै भिसा शुल्कमा भारी वृद्धि भएको छ । नेपालीहरूले अब चिनियाँ भिसा लिँदा पहिलेको भन्दा झन्डै तेब्बर दस्तुर बुझाउनुपर्ने भएको छ ।

भिसा शुल्कभन्दा आवेदन केन्द्रले दिने सेवा शुल्क बढी बुझाउनुपर्ने भएपछि शुल्क बढेको हो । अब नियमित भिसा लिने नेपालीले २ हजार २ सय र सेवा शुल्कबापत ३ हजार ९ सय बुझाउनुपर्ने छ । त्यस्तै, एक्सप्रेस–२ भिसाका लागि ४ हजार ९ सय र सेवा शुल्क ५ हजार ८ सय ५० बुझाउनुपर्ने भएको छ ।

एक्सप्रेस–१ भिसाका लागि ६ हजार २ सय र सेवा शुल्क ७ हजार ८ सय तिर्नुपर्ने हुन्छ । नियमिततर्फ चार दिन, एक्सप्रेस–२ तर्फ तीन दिन र एक्सप्रेस–१ तर्फ दुई दिनमा भिसा पाउन सकिन्छ । यसअघि एक नेपालीले एकल प्रवेशमा चिनियाँ भिसाका लागि आवेदन दिँदा नियमिततर्फ २ हजार २ सय रुपैयाँ, एक्सप्रेस–२ तर्फ ४ हजार ९ सय र एक्सप्रेस–१ तर्फ ६ हजार २ सय नेपाली रुपैयाँ बुझाए पुग्थ्यो ।

भिसा शुल्कवृद्धि

विशेष