कर्णाली नदीमा जिप खस्यो

दैलेखः कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरीनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा जिप खसेको छ ।
जिल्ला प्रहरी कार्यालय कलिकोटका प्रहरी प्रमुख श्याम बाबु ओलियाका अनुसार रासकोटबाट जितेगडा यात्रु ल्यायर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको हो ।
जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जिपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । घटना स्थल तर्फ प्रहरी गईरहेकाले घटनाको पुरा बिवरण आउँन बाँकी रहेको प्रहरी प्रमुख ओलियाल बताए।
कर्णाली नदी कर्णाली राजमार्ग