कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २७ सय पुग्यो, ८० हजार बढी संक्रमित
एजेन्सी। चीनको हुवेई प्रान्तबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या झन्डै ८० हजार भन्दा माथि पुगेको एजेन्सीहरुले जनाएका छन।
मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ । कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ । दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य परिक्षण गरिसकेका छन् भने ५ जना सिकिस्त छन् ।
नेपालसहित श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एक/एक जनामा भाइरसको लक्षण देखिएको र उनीहरू सबैले स्वास्थ्य परिक्षण गरिसकेका छन् । पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक-एक जनाको ज्यान गएको छ ।
कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ जांच गरिसकेका छन् । पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कोरोना भाइरस