News

तरुणदलका नगर अध्यक्ष श्रेष्ठको निधन

तरुणदलका नगर अध्यक्ष श्रेष्ठको निधन

काठमाडौंः नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएको छ । उनको सोमबार साँझ हृदयाघातका कारण निधन भएको हो ।

अचानक बिरामी भएपछि श्रेष्ठलाई जोरपाटी अतहरखेलमा रहेको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अध्यक्ष श्रेष्ठको उपचारकै क्रममा निधन भएको  तरुण दलले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

श्रेष्ठको निधनप्रति तरुण दलले दुःख व्यक्त गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रेष्ठको असामयिक निधन भएको दुस्खद खबरले नेपाल तरुण दल केन्द्रीय समिति मर्माहत भएको छ ।’  


 

नेपाल तरुण दल गोपाल श्रेष्ठ

विशेष