६ महिनापछि काममा फर्किइन् रोशनी शाही

काठमाडौंः संसद सचिवालयकी कर्मचारी रोशनी शाही काममा फर्किएकी छन् । संसदको स्वास्थ्य इकाइमा नर्सको रुपमा कार्यरत उनी गएको असोज १४ पछि सोमबार पहिलोपटक कार्यालय गएको संसद सचिवालयले जनाएको छ ।
उनले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् । उक्त मुद्दामा महराले अदालतबाट सफाई पाइसकेका छ ।
रोशनी शाही संसद सचिवालय