‘सर्वहाराको नाममा भ्रष्टाचार’
काठमाडाैँ – समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेकपाले सर्वहाराको नाममा अर्बौंको भ्रष्टाचार गरिरहेको आरोप लगाइन् । नेकपाले भन्दै आएको समाजवाद कमिसनवाद विना एक कदम पनि अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।
कमिसन प्रकरणबारे व्यंग्य गर्दै उनले भनिन्, ‘नेकपाले अब राजतनीतिक दस्तावेजमै कमिसनलाई वैधानिक बनाउने एउटा पाठ थपोस् अनि हामी यस विषयमा बहस गरौंला ।’
यतिबेला सिंगो देश नै यती होल्डिङस् र हुवावेमा अड्किएको गिरीको आरोप छ । यो विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने गिरीले बैठकमा माग गरिन् ।