ललितपुरको एक कवाडीखानामा भीषण आगलागी

काठमाडौंः ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी हुँदा एक जना घाइते भएका छन् ।
आज बहिान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ ।
आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने प्रहरीकाे आशंका छ ।
ललितपुर भीषण आगलागी