पश्चिमी वायुको प्रभाव, अझै केहिदिन पानी पर्ने
काठमाडौँ। पश्चिमी न्यून चापीय वायुको प्रभावले अझै केहीदिन पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा महाशाखाले जनाएको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार प्रि–मनसुनको पूर्वावस्था भएकाले पनि मौसम फेरबदल भइरहेको हो । नेपालमा प्रि–मनसुन भित्रिने सरदर समय मार्च १ हो । यस्तो बेला अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।
आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।।
#मौसम