जापानबाट एक नेपालीसहित ११९ भारतीयको उद्दार
भारत सरकारले जापानमा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि एक नेपालीसहित आफना १ सय १९ नागरिकको उद्दार गरेको छ । भारतीय विदेश मन्त्री एस जयशंकरले ट्वीट गर्दै ११९ भारतीय र अन्य देशका ५ नागरिकको उद्दार गरेको जानकारी दिएका हुन् ।
मन्त्री जयशंकरका अनुसार नेपाल, श्रीलंका, दक्षिण अफ्रिका र पेरुका एक–एक जनाको उद्दार गरिएको हो । उनीहरु सबैलाई जापानको राजधानी टोकियोबाट सिधै नयाँ दिल्ली ल्याइएको उनको ट्वीटमा उल्लेख छ ।
मन्त्री जयशंकरले उद्दारमा सहयोग गरेकोमा जापान सरकार र त्यहाँका अधिकारीलाई धन्यवाद दिएका छन् ।