अज्ञात रोगका कारण २० भेडा मरे
जुम्ला । हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जनाए ।
“भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे। ” कृषक अधिकारीले भने । अहिले त्यस्तो रोग भेडीखर्कमा पनि फैलिएको छ ।“जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २० मरिसके । अझ कति मर्ने हुन् । रोग फैलिएको छ ।” उनले भने ।
बीमा नहुँदा क्षतिपूर्तिको संम्भावना छैन । शिखर इन्सुरेन्समार्फत पशु बीमा गर्ने भएपनि सो गाउँपालिकामा कर्मचारी नहुँदा बीमा नभएको जनाइएको छ ।
भेडा अज्ञात रोग मर्यो