News

चीनसँग जोडिएका नाका खुल्न अझै केहि समय लाग्ने

चीनसँग जोडिएका नाका खुल्न अझै केहि समय लाग्ने

काठमाडौं । कोरोना भाइरसका कारण १ महीनादेखि बन्द रहेका चीनसँग जोडिएका मुख्य उत्तरी नाका सुचारु हुन अझै केही समय लाग्ने देखिएको छ ।

चीनमा कोरोना भाइरस संक्रमण पूर्णरूपमा नियन्त्रणमा आइनसकेकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्र्दै मुख्य नाका खोल्न हतार नगरिने सरकारी अधिकारीहरूले बताएका छन् ।

नेपाल–चीन व्यापारका दुई मुख्य नाकाहरू रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी माघ १५ यता पूर्णरूपमा बन्द छन् । दुई मुख्य नाकाहरू बन्द हुँदा नेपाली व्यापारीका ५०० भन्दा बढी कन्टेनर चीनको केरुङ र खासामा रोकिएका छन् । ती कन्टेनरमा रू. ३ अर्बभन्दा बढीका वस्तु तथा सामग्री रहेको व्यापारीहरूको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासले लेखेका छन। 

चीन नाका

विशेष