News

आजको मौसम: आंशिकदेखि सामान्य बदलीको सम्भावना

आजको मौसम: आंशिकदेखि सामान्य बदलीको सम्भावना

काठमाडौँ।  बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिमको मौसम आशिंकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।

तर, मौसम बदली भए पनि पानी भने कतै पनि नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार बिहीबार र शुक्रबार पानी पार्ने कुनै पनि प्रणाली सक्रिय छैन तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने फाट्टफुट्ट पानी पर्न सक्नेछ ।

अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । काठमाण्डाैमा बिहीबार र शुक्रबार घाम लाग्ने तर पर्सिदेखि देशभरिकै मौसम बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीको भनाइ छ । 

मौसम

विशेष