विदेश

हिन्दू महासभाका अध्यक्ष बच्चनको हत्या

हिन्दू महासभाका अध्यक्ष बच्चनको हत्या

काठमाडौंः भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली प्रहार गरि हत्या गरिएको छ ।

रणजीत बच्चन आफ्ना भाइका साथ मर्निङ वाकमा गइरहेका बेला गोली प्रहार गरि हत्या भएको हो । रणजीतका भाइलाई पनि गोली लागेको छ र उनको उपचार भइरहेको छ ।

लखनऊका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार आइतबार बिहान ६ बजे रणजीत मर्निङ वाल्कका लागि निस्केका थिए । मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेलगत्तै घटनास्थलमा उनको मृत्यु भएको हो ।

भारतीय सञचार माध्यमहरुले प्रहरीलाई उद्धृत गर्दै हत्यारको खोजी भइरहेको जनाएका छन् । यसअघि गत वर्ष हिन्दूवादी नेता कमलेश तिवारीको पनि घरमा आएको समूहले हत्या गरेको थियो ।

हत्या रणजीत बच्चन भारतीय हिन्दू महासभा

विशेष