News

महसुल ह्वात्तै बढाउन विद्युत प्राधिकरणले गर्दैछ चलखेल

महसुल ह्वात्तै बढाउन विद्युत प्राधिकरणले गर्दैछ चलखेल

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल वृद्धिका लागि गत वर्षभन्दा चालु वर्षको खर्च २० अर्ब बढी हुने प्रक्षेपण गरेको भेटिएको छ । १४ प्रतिशतसम्म बिजुलीको भाउ बढाउन प्रस्ताव गरेको प्राधिकरणले यसरी अत्यधिक खर्च बढी देखाएर विद्युत् नियमन आयोगमा प्रस्ताव गरेको हो।

अघिल्लो वर्षभन्दा बढीमा ८ देखि १० प्रतिशतसम्म खर्च वृद्धि हुनुलाई सामान्य मानिन्छ। तर प्राधिकरणले विद्युत् महसुल वृद्धिका लागि प्रस्ताव गरेर विद्युत् नियमन आयोगले सार्वजनिक गरेको विवरणमा भने यति धेर खेर बढी हुने प्रक्षेपण गरिएको हो।  

विवरणमा साढे ७ अर्ब त सञ्चालन, रोजगारदाता, प्रसारण लाइन, कर्पोरेल सञ्चालन लगायतलाई मात्र वृद्धि हुने उल्लेख गरिएको छ। यो खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

महसुल नेपाल विद्युत् प्राधिकरण

विशेष