News

धनुषामा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, भिडियो बनाएर धम्की

धनुषामा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, भिडियो बनाएर धम्की

जनकपुरधामः धनुषामा ११ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन् । जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–५ गजरियाकी ११ वर्षीया बालिकालाई दुई युवकले बलात्कार गर्दै फोटो र भिडियो खिचेकोसमेत घटना बाहिर आएको छ ।

फागुन १० गते घरछेउको खेतमा घाँस काटिरहेकी बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी भिडियो फोटो र भिडियो खिचेको पीडित परिवारको आरोप छ।

पीडितका अनुसार बलात्कार गरेर फोटो भिडियो खिची कसैलाई भने सामाजिक सञ्जालमा भाइरल बनाइदिने चेतावनी बालिकालाई ती युवकले दिएका थिए।

पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न ३२ वर्षका श्रीकिसुन दासलाई पक्राउ गरेको छ ।

अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर भने फरार छन्। उनको व्यापक खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनुषा सामूहिक बलात्कार

विशेष