होसियार! गुगलमा नखोज्नुस् यी १० कुरा
काठमाडौंः पछिल्लो समयमा हरेक कुराको जानकारीका लागि इन्टरनेट साइट गुगलको प्रयोग गर्ने कुरा सामान्य बनेको छ । कतिपय अति सवेदनशील विषयदेखि आवश्यक पर्ने साना साना कुरा समेत चाहिएमा गुगलमा टाइप गर्ने गरिन्छ ।
तर गुगलमा पाइने सबै जानकारी हाम्रा लागि सही प्रामाणिक नै हुन्छन् भन्ने हुँदैन । गुगल त खासगरी एउटा माध्यम मात्रै हो । यसले हामीले चाहेको सूचना अनुसार सम्बन्धित साइटसम्म प्रयोगकर्तालाई पुर्याउने काम मात्रै गर्दछ ।
त्यसैले गुगलमा खोज्ने कुरामा विशेष सावधानी अपनाउनुपर्ने र साँच्चिकै आधिकारिक जानकारी हो कि होइन भन्ने कुरा बुझ्नु जरुरी छ । एउटै विषयमा हजारौं साइटमा सूचना हुन सक्छन् ।
त्यसैले यहाँ केही १० वटा कुरा दिइएका छन् । जुन गुगलमा खोज्नुभन्दा सम्बन्धित साइट नै खोलेर हेर्न इन्टरनेट सुरक्षाविद्हरुले सुझाव दिएका छन् ।
१. अनलाईन बैंकिङ वेवसाइट
यदि तपाई आफ्नो बैंकको वेवसाईट थाहा छ भने गुगलमा अनलाईन बैंकको युआरएल अर्थात वेभ एड्रेस सर्च नगर्न सुझाव दिइएको छ । कतिपय अवस्थामा स्क्यामर ९इन्टरनेटमा ठगी गर्नेहरु०ले बैंकको जस्तै मिल्दोजुल्दो वेभसाइट बनाएका हुन्छ । यसको ठेगाना र लुक्समा केही मात्र फरक हुन्छ । कतिपय बेला यस्तो नक्कली साइटमा युजरहरुले आफ्ना संवेदनशील सूचना टाइप गर्छन् र धोकाधडीको शिकार बन्ने गर्दछन् ।
२. कष्टमर केयर नम्बर
फ्रड र स्क्याम गर्नेहरुले गुगलमा कम्पनीहरुका नक्कली कष्टमर केयर नम्बर र वेभसाईट देखाउने गर्दछन । कतिपय घटनमा गुगलमा कष्टमर केयर नम्बर सर्च गेपछि फोनमा युर्जर्सलाई यस्ता ठगहरुले ठगेका छन् । कुनै पनि कम्पनीको कष्टमर केयर नम्बर गुगलबाट खोज्नुको साटो सोझै उक्त कम्पनीको वेभ पेजमा या फोनबाट कष्टमर केयरसँग सम्पर्क गर्नुपर्दछ ।
३. मोबाइल एप्स र सफ्टवेयर
यदि तपाई आफ्नो स्मार्टफोनका लागि एप्स सफ्टवेयर गुगलमा सर्च गरेर डाउनलोड गर्नुहुन्छ भने यस्तो नगर्नुस । सधैं गुगल प्ले स्टोर या ऐप्पल एप स्टोरबाट मात्रै अपडेट गर्नुस । गुगलमा सर्च गरेर भेटिने एप्सहरुमा मालवेयर हुन सक्छन् ।
४. औषधि र रोगको लक्षण
सामान्य स्वास्थ्य जानकारीका लागि गुगलमा खोज्नु राम्रै भएपनि कुनै बिरामीका लक्षणहरुका आधारमा के भएको भनेर खोज्ने काम गर्नु हुँदैन । लक्षणका आधारमा औषधि खोज्ने काम पनि गर्नु हुँदैन । कहिले पनि रोगको लक्षण र औषधीका लागि गुगलमा भर नपर्नुहाला । कुनै पनि यस्तो अवस्थामा डाक्टरलाई सम्पर्क गर्नुपर्दछ । रोगको तत्काल देखिएको लक्षणका आधारमा गुगलमा भेटिने औषधी सेवन गर्नु प्राणघातक पनि हुन सक्छ ।
५. स्टक मार्केट या लगानीसँग जोडिएका सल्लाह
स्टक मार्केट या लगानीमा सही सूचना पाइएन भने यसले दीर्घकालिन घाटा हुनसक्छ । त्यसैले यसबारेमा जानकारी लिन गुगल भन्दा विश्वसनीय साइटमा नै जानु राम्रो हुन्छ । गुगलमा आउने सूचनाका आधारमा कुनै कम्पनीका बारेमा राय बनाउनु राम्रो हुँदैन । लगानीका बारेमा एक्सपर्टको सल्लाह लिनु राम्रो हुन्छ । तर गुगलमा आउने सूचनाका आधारमा लगानी गर्दा जोखिमपूर्ण हुनसक्छ ।
६. केही सरकारी वेभसाइटको जानकारी
बैंकिङ वेभसाइट जस्तै कर तिने या ग्यास बुक गर्ने या यस्तै प्रकृतिका केही सरकारी साइट भने अट्याकर्सको निशानामा हुन्छन् । नेपालमा अहिले यस्तो समस्या नदेएिपनि समयक्रमसँगै ह्याकरहरुले यस्तो नगर्लान भन्न सकिन्न । सोझै ठेगाना टाइप गरेर आधिकारिक साइटमा जानु राम्रो हुन्छ ।
७. सामाजिक सञ्जालका साइट
सोसल मिडियामा लग इन गर्नु छ भने सोझै त्यो साइट नै खोलेर लगइन गर्नुस् । कहिलेपनि गुगलमा सर्च गरेर त्यो साइटमा गएर लगइन गर्नुस् । गुगलमा लगइन डिटेल्स राख्नु फिसिङ अट्याकमा पर्ने सम्भावना बढाउँछ । तपाईको पासवर्ड र अरु डिटेल्स ह्याकर या स्क्यामरकहाँ पुग्न सक्छ ।
८. इकमर्श वेभसाइट
गुगलमा शपिङका लागि इ कमर्स वेभसाइट पनि सर्च गर्नु हुँदैन । कतिपय नक्कली डिस्काउण्ट अफर देखाउने दर्जनौं वेभसाइट रहेका छन् । यिनीहरुको उद्देश्य तपाईलाई ठग्नु हुन्छ । त्यसैले विश्वसनीय इकमर्श साइटमा मात्रै किनमेल गर्नु राम्रो हुन्छ । कतिपय बेला सस्तो अफर देखाएर ठगिएका उदाहरण रहेका छन् ।
९. फ्रि एन्टिभाइरस या सफ्टवेयर
इन्टरनेटका केही साइटहरुले आधिकारिक र सही प्रकारका यस्ता सफ्टवेयर डाउनलोड गर्ने सुविधा दिएका हुन्छन् । तर गुगलमा खोजेर कुनै पनि नचिनेको एन्टिभाइरस या सफ्टवेयर इन्स्टाल नगर्नुहोला । कतिपय यस्ता सफ्टवेयर आफैमा भाइरस हुन सक्छन् । कतिपयले सिष्टमलाई ध्वस्त पार्न सक्छन् । ओरिजिनल र नक्कली सफ्टवेयरमा फरक गर्नुपनि कठीन काम हो । त्यसैले सतर्क रहनुहोला । जे समस्या हल गर्न सफ्टवेयर खोजिएको हो, त्यही समस्या बढाउने सफ्टवेयर कतिपयले राखेको देखिन्छ ।
१०. डिस्काउण्ट कुपन कोड
यदि सपिङ साइट या ऐपमा तपाईलाई डिस्काउण्ट कुपन कोड पाइरहेको छ भने त्यो राम्रो हो । तर यस्तो कोड खोज्न गुगलको सहायता लिनु घातक हुन सक्छ । दर्जनौं नक्कली साइटहरुमा तपाईलाई यस्ता नक्कली कुपन कोड्स पाइन सक्छन् । अनि यसबाट तपाईको बैंक डिटेल्स पनि स्क्यामरसँग पुग्न सक्छ । –एजेन्सी
गुगल