News

मास्क नलगाई भारत जान नपाइने

मास्क नलगाई भारत जान नपाइने

कंचनपुर। चीनसँगै अन्य देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला पश्चिमी सीमा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भन्दै एसएसबीले सीमा क्षेत्रमा आवातजावत गर्ने सबैलाई मास्क लगाउन अनिर्वाय गरेको हो ।एसएसबीले मास्क लगाउन अनिवार्य गरेपछि दैनिक एक सयदेखि दुई सयसम्म मास्क बिक्री भइरहेको गड्डाचौकीका स्थानीय व्यापारी सञ्जु वर्माले बताइन् ।

उनले मास्क नलगाए एसएसबीले फर्काउने गरेको भन्दै केही दिन यता चेकजाँचमा कडाई भइरहेको बताइन् । तर भारतीय सुरक्षाकर्मीले भारत जाने सबैलाई मास्क अनिर्वाय गरेपनि भारतबाट नेपाल फर्किनेलाई भने कुनै निगरानी गरिएको छैन् ।

 

मास्क भारत

विशेष