दिल्ली प्रदर्शन: मृतकको संख्या ३४ पुग्यो
एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा भएको प्रदर्शनका क्रममा भड्किएको हिंसामा ३४ जनाको मृत्यु भएको छ, भने घाइतेको संख्या २०० नाघेको छ । आइतवारबाट शुरु भएको प्रदर्शन र त्यस क्रममा भएको हिंसात्मक दंगामा दिल्लीको उत्तर-पूर्वी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।
प्रदर्शनकारी र प्रहरीबीच दोहोरो हानाहानका कयौं घटना भएका छन् । स्थानीयप्रशासनले सबै विद्यालय बन्द गराएका छन् भने ठाउँठाउँमा कर्फ्यूको आदेश जारी गरेको छ । प्रहरीले एक सय भन्दा बढीलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
प्रहरीले भीडलाई उक्साउने गरी सामाजिक सञ्जालमा भिडियो तथा सन्देशहरु राख्ने माथि कारबाही पनि शुरु गरेको छ । प्रहरीले कतियपय नेताहरुले सामाजिक सञ्जालमा राखेको भिडियोका विरुद्ध अदालतमा मुद्दा पनि दर्ता गराएको छ ।
दिल्ली प्रदर्शन