विदेश

कोरोना संक्रमित पानीजहाजबाट भारतले गर्यो नेपालीको उद्धार

कोरोना संक्रमित पानीजहाजबाट भारतले गर्यो नेपालीको उद्धार

एजेन्सी । कोरोना भाइरसका कारण जापानको तटमा रोकिएको एक ‘क्रुज शिप’ मा रहेका नेपाली नागरिकसहित  १सय १९ जनाको उद्धार गरिएको छ। भारतले उक्त ‘क्रुज शिप’मा रहेका १ सय १९ भारतीय समेत पाँच विदेशी नागरिकलाई ‘एयरलिफ्ट’ गरी नयाँ दिल्लीमा ल्याएको हो ।

उद्धार गरिएका पाँच विदेशीमध्ये नेपाल, श्रीलंका, दक्षिण अफ्रिका र पेरुका नागरिक रहेको जनाइएको छ । भारतले बुधबार कोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो । भारतीयसहितका नागरिकलाई निकाल्न मद्दत गरेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरले जापानी अधिकारीलाई धन्यवाद दिएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘एयर इन्डियाको फ्लाइट अहिले टोकियोबाट दिल्लीमा आइपुगेको छ, कोरोना भाइरसका कारण जापानको क्रुज शिप डायमन्ड प्रिन्सेजमा फसेका ११९ भारतीय र श्रीलङ्का, नेपाल, दक्षिण अफ्रिका र पेरुका गरी पाँच विदेशी नागरिकलाई पनि ल्याइएको छ ।’

चार फेब्रुअरीमा पहिलो पटक उक्त जहाजमा रहेको दश जनामा कोरोना भाइरसको संक्रमण भएको खुलेको थियो। तर, समयमै ती संक्रमितहरुको उद्धार नहुँदा जहाजमा यात्रा गरिरहेका ३७०० जना यात्रुमध्ये ७०० जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ। र, चारजनाको त मृत्यु समेत भइसकेको छ। अमेरिकाले जहाजमा रहेका आफ्ना नागरिकहरुलाई यसअघि नै उद्धार गरिसकेको छ।

 

कोरोना भाइरस क्रुज सिप नेपाली उद्दार

विशेष