कीर्तिपुरमा माइक्रोबसबाट खसेर युवकको मृत्यु

काठमाडौंः कैलालीको घोडाघोडी नगरपालीका–४ गैडाखेडाका एक युवकको काठमाडौंमा सवारी दुर्घटनामा मृत्यु भएको छ ।
२३ वर्षिय आशिष भट्टको कार्यालय जाने क्रममा माइक्रोबसबाट खसेर मृत्यु भएको हो ।
फागुन १२ गते बिहान कार्यालय जाने क्रममा कीर्तिपुरमा माइक्रोबसबाट खसेर गम्भीर घाइते भएका भट्टको बयोधा अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उनका आफन्तले वताएका छन् ।
कैलाली बहुमुखी क्याम्पसमा स्नातक अध्ययन सकेका उनी थप अध्ययनका लागि काठमाडौं आएका थिए ।
सवारी दुर्घटना माइक्रोबस आशिष भट्ट