News

गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर जाँदा बाजा बजाए, नाचे र उत्सव मनाए, पत्रकार किन दु:खी हुने?'

गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर जाँदा बाजा बजाए, नाचे र उत्सव मनाए, पत्रकार किन दु:खी हुने?'

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मोत्सवलाई विवादमा ल्याउन खोजिएको आरोप लगाएका छन् । उनले आफ्नो जन्मदिनमा आफू जन्मिएको घर तेह्रथुम जाँदा त्यहाँका जनता घरमा पानी आएको र बिजुली बलेको खुसीमा नाचेको बताए । उनले आफ्‍नो जन्मदिनमा स्थानीयलाई नाच्न लगाएको भन्ने झूटो प्रचार गरिएको दाबी गरे।

बिहीबार नेकपाले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, 'पानीको धारा खसेको छ। दिदीबहिनीहरु नाचे, त्यसमा किन चिन्तित हुने? जनता आए, खाना खाए, पत्रकारहरुले भातको हिसाब गरे।' उनले भने, 'म धेरै वर्षपछि जन्मथलो गएँ। गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर जाँदा बाजा बजाए, नाचे र उत्सव मनाए, पत्रकार किन दु:खी हुने?'

यस्तै, उनले आफ्नो जन्मदिनमा केक लिएर नगएको बताए। उनले भने, 'जनताले खुसी भएर केक ल्याए, मैले नाच भनेको त थिइनँ नि ! ' प्रधानमन्त्री ओलीले आफूहरुलाई भाँड्न खोज्ने र बदनाम गर्ने प्रयास भइरहेको बताए। उनले मजबुत संगठनलाई मतभेद रहित र विवादमुक्त गराएर लैजाने बताए। उनले प्रमुख प्रतिपक्ष कांग्रेसप्रति पनि तीखो टिप्पणी गरे।

उनले नाकाबन्दी हुँदा, ग्यासको अभावका बेला नाकाबन्दी शब्द पनि ननिकालेको कांग्रेसले केकमा राष्ट्रवादी बनेको भन्दै तमासा देखाएको आरोप लगाए।संसद्मा बोल्न खोज्दा बोल्न नदिने कांग्रेसले सांसद्बाट भाग्यो भन्नुको कुनै अर्थ नरहेको प्रधानमन्त्री ओलीको दाबी थियो।यस्तै प्रधानमन्त्री ओलीले अबको केही दिनभित्रै किड्नी ट्रान्सप्लान्ट गर्ने जानकारी दिए। उ

नले भने, 'केही दिनभित्र किड्नी ट्रान्सप्लान्ट गर्छु, पाँच दिन अस्पताल बस्छु छैटौं दिन घर आउँछु, ढुक्क भए हुन्छ। ' ओलीले आफूलाई मानिसहरुले बिरामी भने पनि दैनिक १७/१८ घण्टा काम गरेको बताए। उनले भने, 'मान्छे बिरामी पर्छ, जिन्दगी भनेको यस्तै हो। ' यो समाचार कान्तिपुर दैनिकमा बबिता शर्माले लेखेकी छिन। 

प्रधानमन्त्री केपी ओली

विशेष