News

यस बर्ष ५ लाख १० हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

यस बर्ष ५ लाख १० हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

काठमाडौँ। चैत ६ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा चैत १७ सम्म सञ्चालन हुनेछ ।

परीक्षामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम विद्यार्थी मनाङबाट सहभागी हुँदै छन्  । काठमाडौंमा फारम भर्ने ३६ हजारभन्दा बढी छन् भने मनाङमा ५० विद्यार्थी मात्रै छन् ।

जिल्लाबाट आएका विवरणमा केहीको सिम्बोल नम्बर छुटेकाले विद्यार्थी संख्या बढ्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसइई परिक्षा विद्यार्थी

विशेष