News

चैत्र ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्ती

चैत्र ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्ती

काठमाडौँ। सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले चैत्र ५ गतेसम्ममा नयाँ गभर्नर नियुक्त गरिसक्ने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले हालका गभर्नर चिरञ्जीवी नेपालको कार्याकाल सकिनु अगावै नयाँ गभर्नर नियुक्त हुने बताएका हुन्।

सञ्चार मन्त्रालयको समेत कार्यभार समेत सम्हालीसकेका मन्त्री खतिवडाले आफ्नै उदाहरण दिँदै अहिलेसम्म गभर्नर नियुक्तिमा एक महिना अघि नै नियुक्ति दिने चलन नभएको बताए। 

उनले भने 'म गभर्नर हुँदा पनि आफ्नो कार्यकाल सकिने भोलिपल्ट मात्र नयाँ गभर्नरको नियुक्ति भएको हो। समयभित्रै नियुक्त हुन्छ।'

गभर्नर

विशेष