News

दुर्घटनामा परि घाइते भएका महासचिव मैनालीको अवस्था खतरामुक्त

दुर्घटनामा परि घाइते भएका महासचिव मैनालीको अवस्था खतरामुक्त

काठमाडौँ। सवारी दुर्घटनामा परी घाइते भएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ ।

काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको तर शरीरमा भित्री चोट नभएको जनाइएको छ ।

प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उहाँको अवस्था सामान्य देखिएको छ । झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली हिजो बर्दीबास नजिक दुर्घटनामा परेका थिए।

दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन। 

सिपी मैनाली खतरामुक्त

विशेष