डेढ दशकपछि बन्यो नयाँ राष्ट्रिय हवाई नीति: व्यक्तिगत प्रयोगका लागि निजी जहाज राख्न पाइने
काठमाडौँ । सरकारले करिब डेढ दशकपछि नयाँ राष्ट्रिय हवाई नीति बनाएको छ । हवाई क्षेत्रको ‘सेफ्टी र सेक्युरिटी तथा हवाई उद्योगको दिगोपनका लागि नयाँ नीति तयार गरिएको हो ।
राष्ट्रिय हवाई नीति, २०५० लाई परिमार्जन गरी हवाई नीति, २०६३ लागू भएको थियो । अहिले फेरी करिव १३ बर्षपछि नै नयाँ नीतिको मस्यौदा तयार पारिएको हो । विश्वको हवाई क्षेत्रको अवस्था र नेपालको आवश्यकता अनुसार नयाँ नीति बनाइएको संयोजक यज्ञप्रसाद गौतमले बताए ।
नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो, प्रतिस्पर्धी, नियमित, सुलभ र विश्वसनीय बनाउने नीतिमा उल्लेख छ । नयाँ हवाई नीतिमा व्यक्तिगत प्रयोगका लागि निजी जहाज राख्न पाउने व्यवस्था गरिएको छ ।
नयाँ नीतिअनुसार अव व्यक्तिले निजी जहाज राख्न पाउँछन् । तर त्यसका लागि हवाई उडान सुरक्षा र हवाई सुरक्षा प्रावधान शर्तहरु भने पालना गर्नुपर्नेहुन्छ । नयाँ हवाई नीतिमा गरिएको व्यवस्थाअनुरूप तीन वटा जहाज भएपछि मात्रै वायुसेवा प्रदायक कम्पनीले उडान सेवा सञ्चालन गर्न पाउनेछन् ।।
#हवाई नीति