News

पूर्वमन्त्री बाँस्कोटाद्वारा गाली बेइज्जतीको मुद्दा दर्ता

पूर्वमन्त्री बाँस्कोटाद्वारा गाली बेइज्जतीको मुद्दा दर्ता

काठमाडौँ। पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू विरुद्ध लगाइएको लाञ्छना झुट्टा भएको भन्दै जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छन ।

उनले शुक्रबार आफ्ना प्रतिनिधि विजयप्रकाश मिश्रमार्फत गाली बेइजत्ती  विरुद्ध मुद्दा दायर दायर गरेका हुन् । पूर्वमन्त्री बास्कोटाले आफनो आधिकारिक फेसबुक मार्फत सो कुरा जानकारी गराएका हुन् । यस्तै उनको स्वकीय सचिवका रुपमा काम गर्दै आएका सुरेश हुमागाईले अदालतमा मुद्दा दायर गरेको पुष्टी गरे ।

फागनु ८ गते मिश्रले बाँस्काेटासँग सम्बाद गरिएकाे भनिएकाे अडियाे सार्वजनिक भए पछि उनले मन्त्रीपदबाट राजीनामा दिएका थिए । 

गोकुलप्रसाद बाँस्कोटा मुद्धा

विशेष