News

७० वर्ष नाघेका पर्यटकलाई चन्द्रागिरीमा नि:शुल्क केवलकार सेवा

७० वर्ष नाघेका पर्यटकलाई चन्द्रागिरीमा नि:शुल्क केवलकार सेवा

काठमाडौँ। ७० बर्ष नाघेका अन्तरिक तथा बाह्य पर्यटकहरुलाई चन्द्रागिरी केवलकार सेवा नि:शुल्क हुने व्यवस्था गरिएको छ। बच्चादेखि वृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरूको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको हो ।

यो योजनाअन्तर्गतको सेवा लिन पर्यटकहरूले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्नेछ । यस भन्दा अघि पनि जन्मदिनको दिन चन्द्रागिरि केबलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई निःशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले गरिसकेको छ। 

त्यसका अतिरिक्त तीन फिटसम्म उचाइ भएका बालबालिकाहरूलाई पूर्णतः निःशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ । साथै केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरूलाई २५ प्रतिशत र शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ ।

 

 

 

नि:शुल्क चन्द्रागिरी केवलकार ७० वर्ष

विशेष