रेल्वे कम्पनी सञ्चालन गर्न २ सय २६ कर्मचारी थपिँदै
काठमाडौँ। सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ ।
रेल्वे कम्पनीमा जनशक्ति न्यून रहेकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ । मन्त्रिपरिषद्बाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताए।
रेल सञ्चालनका लागि रेलमार्ग निर्माण सम्पन्न भइसकेको र रेल सेट निर्माण पनि सकिएको विभागले जनाएको छ । भारतबाट अवको केही दिनमा हिँडेको रेल सेट झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ । भारतबाट खरिद गरिने दुई सेटको क्षमता एक हजार २०० सम्म यात्रु बोक्न सक्ने रहेको छ ।
रेल सञ्चालन