News

अझै साँढे ५ लाख लाइसेन्स छाप्न बाँकी

अझै साँढे ५ लाख लाइसेन्स छाप्न बाँकी

काठमाडौँ। ठूलो क्षमताको छपाइ उपकरण मास प्रिन्टर सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ ।

झण्डै आठ लाख छाप्नु पर्नेमध्ये अहिलेसम्म दुई लाख ४० हजार बढी अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ । अव झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ ।

विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर बाँकी अनुमतिपत्र छापिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए । आगामी असारसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने विभागको लक्ष्य छ । महिनामा एक लाख ५० हजारभन्दा बढी अनुमतिपत्र छपाइ भइरहेको छ ।

स्मार्ट लाइसेन्स

विशेष