चीनमा ५.१ म्याग्निच्युडको भूकम्प
चीन – चीनको सिचुआन प्रान्तमा भूकम्प गएको छ । नोबेल कोरोना भाइरसको संक्रमणका कारण समस्यामा रहेको चीनको सिचुआनमा सोमबार बिहान ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पका कारण ठूलो भौतिक क्षति भएको छैन । मानवीय क्षतिको भएको खबर पनि नरहेको सिन्ह्वाले जनाएको छ । तर भूकम्पको धक्काले स्थानीय बासिन्दा भने त्रसित भएका थिए । उनीहरु घर बाहिर निस्किएका थिए ।