पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं – पछिल्लो समय लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो ।
अब पेट्रोलको मूल्य ११०, डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी ग्यासको मूल्य बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पुर्याएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।