कस्तो छ आजको मौसम पूर्वानुमान?

काठमाडौंः आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार जारी पूर्वानुमान सूचनामा महाशाखाले नेपालमा हाल कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेको जनाएको हो ।
महाशाखाका अनुसार सोमबार बिहान देशको पश्चिमि र पूर्वी पहाडी भू–भागमा आशिंक बदली रहेको छ ।यसैगरी, दिउँसो भने पूर्वी र मध्य नेपालमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ । राति भने देशभरी नै मौसम सफा रहने महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान