रोगबाट मुक्त हुन अपनाउनुहोस् यस्तो उपाय
देवादी महादेवलाई साँचो मनले आराधना गरेमा भक्तको सम्पूर्ण मनोकामना पुरा हुने बिश्वास गरिन्छ । सोमबारको दिन यस प्रकारको उपाय अपनाउन सकेको खण्डमा विभिन्न रोगबाट छुटकारा मिल्ने कुरा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ ।
यस्तो छ उपाय
सोमबार कुनै शिवको मन्दिरमा गई शिवलिङ्गमा दुध या कालो तिलले अभिषेक गर्ने
अभिषेकका लागि तामाको भाँडा छोडेर अन्य धातुको भाँडाको प्रयोग गर्ने
अभिषेकको समयमा महामृत्युन्जयको मात्र जप गरिराख्ने। यस पछि भगवान शिवसँग रोग निवारणका लागि प्रार्थना गर्ने
भगवान शिवको कृपाले तपाई विभिन्न रोगबाट मुक्त हुन सक्नुहुनेछ।
महामृत्युंजय मंत्र
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात्॥