News

ललितपुरको चापागाउँमा दम्पती बेहोस अवस्थामा भेटिए

ललितपुरको चापागाउँमा दम्पती बेहोस अवस्थामा भेटिए

काठमाडौंः ललितपुरको गोदावरी नगरपालिकाको झरुवाराशी–१३ मा एक दम्पती बेहोस अवस्थामा भएका छन् । महानगरीय प्रहरी वृत्त चापागाउँ डीएसपी कृष्णराज ओझाका अनुसार स्थानीयले बिहान ८ः४० मा खबर गरेपछि उनीहरुको तुरुन्त उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

सोमबार बिहान भुस बालेर आगो ताप्ने क्रममा उनीहरु बेहोस भएको आशंका गरिएको छ । ओझाका अनुसार ती दम्पती कुखुरा फर्म संचालक गर्दै आएका थिए । काभ्रे स्थायी घर भएका उनीहरु बिहान उठेर कुखुरालाई दाना दिइसकेपछि भुस बालेर कोठामा बसेको देखिएको छ ।

झ्याल नभएको कोठामा भुस बालेपछि उनीहरु एक्कासी बेहोस भएको हुनसक्ने प्रहरीले जनाएको छ । दुबै जनाको अहिलेसम्म होस खुलेको छैन । श्रीमान बिष्णु मगरको सुमेरु अस्पताल र श्रीमती गोपीनी मगरको पाटन अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

गोदावरी नगरपालिका ललितपुर बेहोस

विशेष